Information is intelligence
HomePoliticsओली राजावादीसँग मिलिसके अब मलाई सिध्याउने मिसन: प्रचण्ड

ओली राजावादीसँग मिलिसके अब मलाई सिध्याउने मिसन: प्रचण्ड

- Advertisement -spot_img

काठमाण्डौ | प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको एकमात्र मिसन भनेको आफूलाई सिध्याउनु भएको बताएका छन्। प्रचण्डले सडक प्रदर्शनसम्म आउनुका पछाडि आफ्नो पनि कमजोरी भएको स्वीकार गरेका छन्।

शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसो बताएका हुन् ।

उनले ओलीले आफू र अर्का अध्यक्ष माधवकुमार नेपाललाई फुटाउन पनि लागिपरेको आरोप लगाए।

‘प्रधानमन्त्री ओलीको अहिलेको एकमात्र उद्देश्य भनेको प्रचण्डलाई सिध्याउने हो, त्यसका लागि उनी राजावादीसँग पनि मिलिसकेका छन्’, उनले भने, ‘उनी म र माधव नेपालबीच फाटो ल्याउन लागि परिरहेका छन्।’

सुरुदेखि नै सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले दबाब दिएको भए सडकमा आउनुपर्ने अवस्था नहुने प्रचण्डले स्वीकार गरेका हुन्।

“यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं, उहाँलाई फकाइफुल्याइ गरेर, मान दिएर मात्रै बस्यौं, तर केपी प्रवृत्ति सुधार्न सकेनौं। त्यसका लागि म तपाईंहरुको अगाडि आत्माआलोचित हुन्छु,” प्रचण्डले सभालाई सम्बोधन गर्दै भने, “यो देशको संविधान नमान्‍ने, संघीय लोकतन्त्र गणतन्त्र नमान्‍ने जसरी विध्वंस गर्ने ओलीलाई सच्याउन सकेनौं, तीन वर्ष अघि नै अहिलेको जस्तो गरेको भए, केपी उहिल्यै नै नांगिन्थे, त्यसमा हाम्रो कमीकमजोरी भएको छ, अब त्यस्तो भूल गर्ने छैनौं, त्यसको प्रतिबद्धता गर्दछु।”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु