Information is intelligence
HomeSportsयी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

- Advertisement -spot_img

हालै सुरू भएकाे डबल राउण्ड राेबिनका आधारमा खेलाइने महिला फुटबर लिग खेल्न अफ्रिकाबाट चार खेलाडी नेपाल आएका छन् । लिगकाे टीम स्याङ्जाकाे वालिङले चारै खेलाडीलाइ अनुबन्ध गराएकाे हाे ।

अफ्रिकन मुलुक क्यामरूनबाट नेपाल आएका खेलाडीहरू क्यामरूनकाे उमेर समूहमा खेलिसकेका खेलाडी रहेकाे वालिङ् क्लबले जनाएकाे छ।

ती खेलाडीहरूमा केओमेग्ने डिजोमो भेनेस्सा नाइले, डिजोउब्बी सेलिने डायने, मेथो एलेदिइ रुथ र टोउटा ओर्मेला एभान्के रहेका छन् ।

यसअघि शहीद स्मारक ए डिभिजन लिग खेल्न अफ्रिकाका विभिन्न राष्ट्रहरुबाट पुरुष खेलाडी नेपाल आए पनि महिला खेलाडी भने पहिलो पटक आएका हुन् ।

यस वर्षबाट महिला लिगका लागि विभागिय बाहेकका टिमले चारजनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम एन्फाले ल्याएको छ ।

सोहि नियम अनुसार वालिङले चार क्यामरुनी खेलाडी अनुबन्धन गरेको हो । यस्तै विराटनगर महानगरपालिकाले चार भारतीय खेलाडी अनुबन्धन गरेको छ ।

विराटनगरले अनुबन्धन चार खेलामा अनिता क्षेत्री, आरती कुमारी, सारदा कुमारी र आशा कुमारी रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु