Information is intelligence
HomeInternationalकार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

- Advertisement -spot_img

हिन्दी फिल्म नायककाे झल्काे दिने गरी एकदिनका लागि कार्यकारी अधिकारसहित उत्तराखण्डकी छात्रा सृष्टि गाेस्वामी मुख्यमन्त्री बन्दै छिन् ।

टाइम्स अफ इण्डियाकाे रिपाेर्ट अनुसार भाेली अर्थात जनवरी २४ तारिखका दिन सृष्टि उत्तराखण्डकी मुख्यमन्त्री बन्नेछिन् र उनकाे उपस्थितिमा विधानसभाकाे बैठक पनि बस्नेछ ।

सृष्टिलाई मुख्यमन्त्री बनाएर बैठक आयोजना गर्ने स्वीकृति र निर्देशन उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले दिइसकेका छन् । उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले बुधबार मुख्य सचिव ओमप्रकाशलाई एक पत्र पठाउँदै २४ जनवरीका दिन बालिकाहरुको सशक्तिकरणका लागि एक प्रतिभाशाली छात्रालाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको बताएकी छिन् ।

यो एक दिनको कार्यकालमा सृष्टिले विकास कार्यक्रमको समीक्षा गर्नेछिन् । यसका लागि छानिएका विभागका अधिकारीले ५–५ मिनेटको समयमा आ–आफ्नो रिपोर्ट पेश गर्नेछन् । विधानसभा भोलि दिउँसो १२ बजेदेखि ३ बजेसम्म चल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु