Information is intelligence
HomeNewsविप्लवकाे बन्द, कहाँ के भयाे ?

विप्लवकाे बन्द, कहाँ के भयाे ?

- Advertisement -spot_img

विप्लव नेतृत्वकाे नेकपाले आह्वान गरेकाे नेपाल बन्द देशभर निकै कम प्रभाव पारिरहेकाे छ भने केहि ठाउँमा शंकास्पद वस्तु फेला पनि परिरहेका छन्। झापामा खुकुरी देखाएर बसमा आगजनी पनि भएकाे छ । अहिलेसम्म कहाँ कहाँ के के भए ?

  • बागलुङ नगरपालिका वडा नम्वर ३ हाडेपाखा स्थीति मध्यपहाडी लोकमार्गमा बम जस्तै देखीने शंकास्पद वस्तु फेला परेको छ । मध्यमहाडी लोकमार्ग वाट बागलुङ बजार प्रवेश गर्ने चोकमा उक्त वसतु फेला परेको हो ।
  • सिरहा जिल्लाको मिर्चैया नगरपालिका ५ जिवा पुलमा कुकर बम फेला पर्याे । जसलाइ नेपाली सेनाकाे टाेलीले डिस्पाेज गर्याे ।
  • रतपुरमा संकास्पद बस्तु फेला परेको छ ।भरतपुरको बाइपास रोडमा शनिवार मध्यान्ह १२ बजे संकास्पद बस्तु फेला परेकाे हाे ।
  • पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा नगरपालिकामा किरातचोकमा ३ जनाको समुहमा आएका व्यक्तीहरुले झापाबाट धरानतर्फ आउँदै गर्दा बाटाेमा खुकुरीसहित आएर बसमा तोडफोड गरेका थिए । तर २ जना फरार रहेकाेमा एक जना मात्र पक्राउ परेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु