Information is intelligence
HomeEconomyग्रीनलाइफ हाइड्रोपावरले आईपीओ ल्याउँदै,खुल्ने मिति र आवेदन दिने तरिका यस्तो छ

ग्रीनलाइफ हाइड्रोपावरले आईपीओ ल्याउँदै,खुल्ने मिति र आवेदन दिने तरिका यस्तो छ

- Advertisement -spot_img

काठमाडौँ | ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो।

यसमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आवेदन दिने समय माघ २३ देखि माघ २७ गतेसम्म तोकिएको छ । सो अवधिमा पूर्ण आवेदन नपरेमा फागुन ७ गतेसम्म म्याद थप गरिने कम्पनीले जनाएको छ। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

बिक्री प्रवन्धकका रुपमा बिओके क्यापिटल रहेको छ। अनलाइनबाट मेरो सेयरमार्फत अथवा आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु