Information is intelligence
HomePoliticsयस्ता एजेण्डासहित प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

यस्ता एजेण्डासहित प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

- Advertisement -spot_img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक (आज) आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालयको बैठकले आज दिउँसो १२.३० बजे स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शुक्रबार राजधानी काठमाण्डौमा शक्ति प्रदर्शन गरेको नेकपाले बैठकबाट थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ । गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालन लगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु