Information is intelligence
HomeSportsनेपाली राष्ट्रिय टीमकाे अभ्यास पाेखरामा सुरू

नेपाली राष्ट्रिय टीमकाे अभ्यास पाेखरामा सुरू

- Advertisement -spot_img

नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरा रंगशालामा अभ्यास सुरु गरेको छ। विश्वकप २०२२ अन्तर्गत छनोट चरणको खेलका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडी बिहीबार पोखरा आएका थिए।

टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पोखराको मैदान उत्कृष्ट रहेको र प्राकृतिक मैदानमा स्तरीय टिमसँग मैत्रीपूर्ण वा प्रतियोगिता खेल्न पाए टिमको तयारीबारे थाहा हुने प्रतिक्रिया दिए। खेलाडीलाई मानसिक रुपमा फिट राख्नका लागि फरक फरक स्थानमा सुविधा सम्पन्न  पूर्वाधारमा प्रशिक्षण गराउँदा खेलाडीको मनोबल बढ्ने उनको भनाइ छ।

पोखरामा कुनै प्रतियोगिता वा मैत्रीपूर्ण खेल खेल्न पाए अझ राम्रो हुने उनले बताए । ‘पोखरामा फुटबल अभ्यास मात्र गर्ने छैनौं,’ उनले भने, ‘हामी हाइकिङ जाने पनि सोच बनाएका छौं ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु