Information is intelligence
HomeSportsराष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

- Advertisement -spot_img

राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल रहेका छन्। आज एक खेल त्रिभुवन आर्मी फुटबल क्लब र वालिङ नगरपालिका बिच र एक खेल नेपाल सशस्त्र प्रहरी बल र बिराटनगर महानगर बिच रहेको छ।

आर्मी र वालिङ बिचको खेल बिहानको ११:३० बजेबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। यस् खेलमा आर्मी लिगको पहिलो जितको खोजीमा हुनेछ।

यस्अघि आर्मीले आफ्नो पहिलो खेलमा चिर प्रतिद्वन्द्वी पुलिससँग गोलरहित बराबरी खेलेको थियो। यता वालिङले पनि आफ्नो पहिलो खेलमा बिराटनगरसँग १-१ गोलको बराबरी खेलेको थियो।

यस्तै आज दिउँसोको २:३० बजेबाट एन्फा कम्प्लेक्समा सशस्त्र र बिराटनगर बिच अर्को रोमाञ्चक प्रतिस्पर्धा रहेको छ।

साविक विजेता समेत रहेको सशस्त्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ। यस्अघि सशस्त्रले चन्द्रपुर नगरपालिका रौतहट माथि ६-० गोलको विशाल जित हात पारेको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु