Information is intelligence
HomeJobsतथ्याङ्क विभागले माग्याे ३७ हजार कर्मचारी (फारम भर्ने लिङ्कसहित)

तथ्याङ्क विभागले माग्याे ३७ हजार कर्मचारी (फारम भर्ने लिङ्कसहित)

- Advertisement -spot_img

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ ।

विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी दिएको हो । जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने विभागले जनाएको छ ।

करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाइ छ ।

जनगणना विभिन्न प्रविधि अपनाइ गरिने उनको भनाइ छ । मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस

जनगणना जनशक्ति व्यवस्थापन प्रणाली

आवेदन दिने तरिका यस्ताे छः

जनगणना जनशक्ति व्यवस्थापन प्रणाली

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु