Information is intelligence
HomeScience & Technologyब्लग के हो, ब्लगबाट पैसा कसरी कमाउने?

ब्लग के हो, ब्लगबाट पैसा कसरी कमाउने?

- Advertisement -spot_img

कमल धिताल

के तपाई आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।
इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसी–बसी सजिलै कमाउन सकिने भएको हो ।

त्यसो भए ब्लग के हो?

इन्टरनेटमा जानकारी तथा सूचना प्रदान गर्न लेखिने लेख नै ब्लग हाे । जुन इन्टरनेटमा विभिन्न भागहरू मार्फत देखा पर्दछ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै ठाउँबाट साझा गर्न सकिन्छ।

समयको चक्रमा सबै परिवर्तन हुँदैछ। इन्टरनेटमा पनि यही लागु हुन्छ। पश्चिमी देशहरूमा बढ्दो परिष्कृत इन्टर्नेट टेक्नोलोजी र द्रुत अनलाइन व्यापारका कारण,   व्यवसायको प्रबर्द्धनका लागि विभिन्न वेबसाइट र ब्लगहरू सिर्जना गरिएका छन् र विभिन्न अनलाइन विज्ञापन एजेन्सीहरू र अनलाइन रोजगार एजेन्सीहरूको स्थापना भएको छ।

व्लग कसरी बनाउने ?
यसका लागि सुरुमा गुगलको ब्लगर, वर्डप्रेसजस्ता निशुल्क साइटमा एकाउन्ट बनाउनुपर्छ । त्यसपछि त्यहाँ आफ्नो चाहनाअनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ । कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । किनभने जति धेरै पाठकले आफ्नो लेख पढ्छन् उति नै पटक आफ्नो ब्लगमा आएको विज्ञापन हेर्छन् र आफूले उत्तिकै धेरै कमाउन सकिन्छ । त्यसैले पाठकले रुचाउने लेख लेख्नेतर्फ ध्यान दिनुपर्छ ।

तपाँइहरू मेराे ब्लगमा गएर पनि हेर्न सक्नुहुन्छ ।

कस्ताे भाषा छनाेट गर्ने ?

सकेसम्म अन्तर्राष्ट्रिय रूपमा प्रचलित भाषा प्रयोग गर्नुपर्छ । एडसेन्सजस्तै अन्य केही विज्ञापनदाताले सबै भाषा सपोर्ट गर्छन्, तर प्रचलित विज्ञापनदाताहरू जस्तै गुगलको एडसेन्स तथा माइक्रोसफ्ट अनि याहुले सञ्चालन गरेका एड नेटवर्कहरूले भने नेपाली भाषालाई सपोर्ट नगर्ने हुँदा आफूले कमाउने रकम घट्न सक्छ । त्यसैले सकेसम्म अंग्रेजी वा अरू कुनै प्रचलित भाषा प्रयोग गरेर आम्दानी बढाउन सकिन्छ । तर यदि नेपालीमा ब्लग लेख्नुहुन्छ भने फेसबुककाे इन्स्ट्यान्ट अर्टिकलले नेपाली भाषा स्विकार गर्छ ।

केका आधारमा पैसा कमाउने ? कसरी कमाउने?

तपाईंले अब ब्लग कुन भाषामा लेख्नु भएको छ त्यसमा भर पर्छ यदी तपाईंले अङ्रेजी भाषा छ भने एड्सेन्स तपाईंलाई राम्रो बिकल्प हुन सक्छ । नेपाली भाषा छ भने फेसबूकको इन्स्टन्ट आर्टिकल अर्को आम्दानी को स्रोत हुन सक्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु