Information is intelligence
HomePoliticsकुनाबाट चिहाउँदै छन् माधव नेपाल

कुनाबाट चिहाउँदै छन् माधव नेपाल

- Advertisement -spot_img

प्रतिनिधी सभा विघटन , फुटकाे संघारमा नेपाल कम्युनिष्ट पार्टी , सडकमा र प्रचण्ड नेपाल । अहिले नेपालमा देखिएकाे राजनीतिक परिघटना यहि हाे ।

संविधानकाे सर्वाेच्चता, कानूनी शासन र लाेकतान्त्रिक शासन पद्दति अङ्गालेर संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थाकाे सञ्चालन गर्न राजनीति गरिरहेका राजनीतिकर्मीहरू सत्ता र कुर्सीभन्दा कहिल्यै माथी उठ्न सकेनन् ।

१० वर्षे जनयुद्द र २०७२ सालकाे भूकम्पकाे बहानामा देशकाे अर्थतन्त्र तहसनहस बनाएका नेताहरूकाे बहानामा अर्काे बहाना थपिएकाे छ काेराेना भाइरस ।

अनेकाैँ समस्याकाे जड समातेर राजनीति गरेकाहरूकाे एउटै ध्येय हाे कुर्सी र त्यसकाे पावर प्रयाेग गरी व्यक्तिगत लाभ ग्रहण गर्नु । बाेलीमा आदर्शता र व्यवहारमा कुटिलता नेपाली राजनीतिकाे पर्याय नै बनेकाे छ ।

त्यही सेराेफेराेमा राजनीति गरिरहेका एक पात्र हुन माधव नेपाल । वर्तमान नेकपा पार्टीकाे प्रचण्ड पक्षका अध्यक्ष रहेका माधव नेपालकाे राजनीति अस्ताएकाे अवस्थामा देखिन्छ ।

बैंककाे जागिर छाडेर राजनीतिमा प्रवेश गरेका नेपालले तत्कालीन एमालेकाे महासचिव भएर २०४८ सालदेखि लगभग १६ वर्षसम्म काम गरे । उनका समकक्षीहरू उनकाे त्याे कार्यकाल एमालेकाे इतिहासमा राम्राे र नराम्राे दुवै पक्षबाट सम्बाेधन गर्ने गर्छन् ।

२०७४ सालमा तत्कालिन एमाले र माओवादीले पार्टी एकता गरि नेकपा गठन गरेपछि भने माधव नेपाल कुनातिर पुगेकाे स्वयम उनी नै बताउने गर्दछन्। सुरूमा पार्टीकाे चाैथाे वरीयतामा पुगेका उनी पछि भने तेश्राे बरियतासम्म पुगेका थिए । तरपनि उनलाइ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा बारम्बार बेवास्ता गरिएकाे उनले बेला बेला बताइरहेका छन् ।

प्रतिनिधी सभा विघटन पश्चात त झन् प्रधानमन्त्रीले माधव कुमार नेपाल प्रचण्डकाे मामुली कार्यकर्ता मात्र भएकाे भन्दै उनकाे मजाक पनि उडाए । माइतिघर मण्डलामा हामी यहाँ छाैँ भन्दै गरिएकाे विराेध कार्यक्रममा नेकपाबाट दुइ वटा नट बल्टु फुस्किएर गएकाे भन्दै उनकाे मजाक उडाए ।

यसरी पार्टीमा सँगै हुँदा र पार्टीबाट बाहिरिन लागेकाे अझ भनाैँ बाहिरिसकेकाे अवस्थामा पनि बारम्बार माधव नेपालकाे हिम्मत घटाउने प्रयास केपी ओलीबाट भैरहेकाे छ ।

माधव नेपाल नेकपामा कुनामा पुगेकाे र प्रतिनिधिसभा विघटनपश्चात त्यही कुनाबाट चिहाएर बाहिर निस्किन खाेजिरहेका छन् । प्रचण्ड माधव नेपाल नेतृत्वकाे नेकपाका कार्यक्रमहरूमा उनकाे अभिव्यक्तिले पनि त्यही कुरा दर्शाइरहेका छन् । उनकाे अभिव्यक्ति पावरफुल नदेखिएकाे तर बाेल्न पनि नछाडेकाे अवस्था छ । समूहकाे नेतृत्व प्रचण्डले गरिरहेकाे र आन्दाेलनमा टाउकाे फुटाउन मन लागिरहेकाे छ भन्ने प्रचण्डकाे अभिव्यक्तिपश्चात नेकपामा एक किसिमकाे तरङ्ग पैदा भएकाे छ । जसबाट माधव नेपाल पनि झस्किएकाे भान हुन्छ । भविष्यमा माधव नेपालकाे राजनैतिक भविष्य कस्ताे हुन्छ त्यसका लागि  त हामीले कुर्नैपर्ने हुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु