Information is intelligence
HomeSportsलालिगा : बार्सिलोनाको लगातार चौथौं जित

लालिगा : बार्सिलोनाको लगातार चौथौं जित

- Advertisement -spot_img

स्पेनिस लालिगा अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले एल्चेमाथि जित हात पारेको छ।

एल्चेको घरेलु मैदानमा भएको खेलमा बार्साले एल्चेमाथि २-० गोलको जित हात पारेको हो। बार्सालाई जित दिलाउन मिडफिल्डर द्वय- फ्रान्कि डि योङ र रिकि पुजले समान एक-एक गोल गरे। डि योङले खेलको ३९अौं मिनेटमा ‘ट्याप इन’ गरेका थिए। यस्तै पुजले भने मैदान प्रवेश गरेको दुई मिनेटमै ८९अौं मिनेटमा डि योङको बलमा हेडिङ गोल गरेका थिए।

जित पछि १९ खेलमा ३७ अंक सहित बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ भने १८ खेलमा १७ अंक सहित एल्चे तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु