Information is intelligence
HomeSportsपीएम कप आज दुई खेलहरु हुँदै

पीएम कप आज दुई खेलहरु हुँदै

- Advertisement -spot_img

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (सोमबार) दुई खेलहरु हुँदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

आर्मी र एपीएफ दुबै समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

समूह ‘ए’ मा रहेका दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । सेमिफाइनलमा प्रवेश गरिसकेका दुबै टोलि आजको खेलमा जित हात पर्न सके समुहको बिजेता र उपविजेता टुंगो लाग्ने छ।

एपीएफ ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आर्मी ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस समूहबाट कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ बाहिरिसकेका छन्।

मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश-२ सँग प्रतिस्पर्धा गर्नेछ ।

यस खेल नेपाल पुलिसका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाल पुलिस क्लब प्रदेश-२ लाई हराएर सेमिफाइनल पुग्न चाहन्छ ।

अब पुलिस र लुम्बिनी प्रदेश मध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।

सेमिफाइनलमा पुग्न पुलिसलाई प्रदेश-२ माथि जित निकाल्नु पर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु