Information is intelligence
HomeEconomyलगातार घट्दै सुनको मुल्य,आज कतिले घट्यो?

लगातार घट्दै सुनको मुल्य,आज कतिले घट्यो?

- Advertisement -spot_img

काठमाडौं | नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि २०० ले घटेको हो ।

अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० रहेको छापावाल सुनको मूल्य सोमबार ९२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य सोमबारका प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य हिजो पनि  घटबढ भएको थिएन ।

सुनचाँदीको मूल्य पछिल्लो तीन साताको अन्तरालमा सामान्य घटबढ भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु