Information is intelligence
HomePoliticsनेपालप्रति सूर्य थापाको कटाक्ष: तेल दिँदा खाएनन्, तर कोल चाटे'

नेपालप्रति सूर्य थापाको कटाक्ष: तेल दिँदा खाएनन्, तर कोल चाटे’

- Advertisement -spot_img

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय कमिटी सदस्य सूर्य थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि सामाजिक सञ्जालबाट कडा कटाक्ष गरेका छन्।

एकीकृत पार्टीमा तेस्रो अध्यक्ष बन्न भन्दा नेपालको मनले नमानेको दावी गर्दै थापाले ‘तेल दिँदा नखाएको, तर कोल चाटेको’ भन्दै व्यंग्य गरेका हुन्।

पहिले दरबारको पश्चिम ढोकामा नेपालले स-भक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको र अहिले पनि कार्की बैंक्वेटमा प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध अध्यक्ष पद घोषणा भएको थापाले आफ्नो फेसबुकमा उल्लेख गरेका छन्।

उनले मजाक भन्दै तल लेखेका छन् – उधारो हुन्न, हाताहाती चाहिन्छ,

पेरिसडाँडामा कुखुरी काँ ?

उनको फेसबुक स्ट्याटस् यस्तो छ :

पहिले दरबारकाे पश्चिम ढाेकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति –
अहिले कार्की बैंक्वेटमा आयाेजित प्रचण्डपथीय भेलाबाट स्वघाेषित अध्यक्ष बनेकाे १ महिना ४ दिनमै अवैध घाेषणा –
बुद्धिले अरूलाई खा,
रिसले आफूलाई खा
भनेकाे यस्तै भएर हाेला !
एकीकृत पार्टीकाे तेस्राे अध्यक्ष बन्न भन्दा मनले मानेन,
तेल दिँदा नखाने काेल चाट्ने गर्दा त यस्तै हुन्छ नै ।
मजाक –
उधारो हुन्न, हाताहाती चाहिन्छ,
पेरिसडाँडामा कुखुरी काँ ?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु