Information is intelligence
HomeEntertainment & Artsचाँडै बन्द हुँदै ‘द कपिल शर्मा शो’

चाँडै बन्द हुँदै ‘द कपिल शर्मा शो’

- Advertisement -spot_img

एजेन्सी | बलिउड कमेडियन कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ले दर्शकलाई भरपुर मनोरञ्जन दिने गरेको छ ।

यो ‘शो’मा अतिथीका रुपमा आउन बलिउड तथा साना पर्दाका जोकोही कलाकार लालयित हुन्छन् र आएर आफ्नो फिल्मको प्रमोसन गर्छन् । कोभिड–१९ को महामारीका कारण केही समय बन्द भएको यो शो पुनः सुचारु भइरहेको छ । तर अब भने शोको यो सिजन सकिने तयारीमा छ ।

समाचार अनुसार अब शोको यो सिजन चाँडै नै ‘अफ एयर’ हुँदैछ । शो समूहले यो विषयमा चाँडै नै आधिकारिक घोषणा गर्दैछन् ।

यो सिजन सकिएपछि कपिलको टिम नयाँ सिजनको तयारीमा जुट्नेछन् । दर्शकमाझ लोकप्रिय र टेलिभिजनमा बढी माग गरिएको यो शोको नयाँ सिजन हेर्नका लागि केही समय पर्खिनुपर्नेछ ।

शोमा कपिलका अलावा भारती सिंह, कीकू शारदा, कृष्णा अभिषेक र अर्चना पूरण सिंहको प्रमुख उपस्थिति छ । लकडाउनपछि यो शो दर्शकबिना नै सञ्चालन भइरहेको छ । तर पनि शोको लोकप्रियतामा कमी आएको छैन । यसका निर्माताहरु अहिलेको शोलाई बन्द गरेर नयाँ शो ल्याउन चाहिरहेका छन् ।

त्यसो त केही समय अघि मात्र कपिलले आफू नेटफ्लिक्सको माध्यमबाट आफ्नो डिजिटल ‘डेब्यू’ गर्न चाहेको बताएका थिए । उनले इन्स्टाग्राममा एक भिडियो शेयर गरेका छन् । ‘यो एक खुशीको खबर छ । हल्लामा विश्वास नगर्नुहोला । ममाथि विश्वास गर्नुहोस् । म चाँडै नै नेटफ्लिक्समा देखिदैछु’, उनले भनेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु