Information is intelligence
HomePoliticsप्रचण्ड–माधव समूहद्वारा थप अन्दोलनका कार्यक्रम सार्वजनिक,काठमाडौंमा विशाल प्रदर्शन गर्ने

प्रचण्ड–माधव समूहद्वारा थप अन्दोलनका कार्यक्रम सार्वजनिक,काठमाडौंमा विशाल प्रदर्शन गर्ने

- Advertisement -spot_img

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रचण्ड माधव समूहले माघ २८ गते काठमाडौंमा विरोध सभा गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उक्त समूहले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो।

आइतबार बसेको प्रचण्ड–माधव नेकपाको स्थायी कमिटी बैठकले संसद विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो ।

नेकपाको प्रचण्ड–माधव समूहका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले सोमबार विज्ञप्ती जारी गर्दै माघ १३ गतेदेखि २८ गतेसम्मका आन्दोलन तथा संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पार्टीको केन्द्रीय संघर्ष समितले माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस, माघ १४ देखि २१ सम्म माइतीघर मण्डलमा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम गर्ने भएको छ।

माघ १६ गते जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम गर्ने र त्यसाका लागि १ बजे शान्तिबाटिकाबाट लैनचौर प्रस्थान गरी विरोध प्रदर्शन र सभा हुने तय भएको छ।

त्यसैगरी माघ १५ गते – बुटवल, १६ गते – विराटनगर माघ १७ गते धनगढीमा बिरोध सभा हुने तय भएको छ।

यस्तै, माघ २२ गते काठमाडौंमा युवा र्‍याली, माघ २६ गते देशव्यापी मसाल जुलुस निकाल्ने तय भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु