Information is intelligence
HomeEconomyनेपाल लाइफ इन्स्याेरेन्सकाे लाभांश सुरक्षित गर्ने भाेली अन्तिम दिन

नेपाल लाइफ इन्स्याेरेन्सकाे लाभांश सुरक्षित गर्ने भाेली अन्तिम दिन

- Advertisement -spot_img

नेपाल लाइफ इन्सुरेन्सको ५१% लाभांश सुरक्षित गर्ने मंगलबार माघ १३ गते अन्तिम दिन हो । यसआधारमा सोमबारसहित अब २ दिन मात्र समय बाँकी रहेको छ । यसले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । नेपाल लाइफले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले ३१% बोनस सेयर र करसहित २०% नगद गरी कुल ५१% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

यस्तै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । यता, नेपाल लाइफले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी (स्प्लीट) प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिसेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु