Information is intelligence
HomePoliticsचौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

- Advertisement -spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिस बैठक छाडेर चौतारामा बसेर पार्टी अध्यक्ष घोषणा गरेको तर  निर्वाचन आयोगले खत्तम बनाइदिएको बताएका छन् ।

नेकपा दाङ जिल्ला कमिटीले सोमबार आयोजना गरेको जिल्ला भेलामा उनले माधव नेपाललाई कटाक्ष गरेका हुन् ।

भेलालाई सम्बोधन गर्दै उनले केही मानिसहरू पार्टी छाडेर गएको, आन्दोलन समाप्त पार्न लागेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई आरोपित गरेका हुन् ।

“उनीहरू बैठकमा नआएर निर्वाचन आयोग गएर हामी नै आधिकारिक हौँ भने । दश दिनपछि गएर फेरि हामीले दाबी गर्नै पर्दैन भने । त्यसपछि पनि गएर निर्वाचनको तयारी नगर्न भने । केही मानिसहरू सरकारलाई असफल बनाउन लागेका छन् । पार्टी फुटाउन लागेका छन् । म असफल भएर केही हुँदैन । देश असफल हुनुहुँदैन,” उनले भने ।

उनले देशमा अराजकता, अशान्ति नचाहेको भन्दै प्रचण्ड-नेपाल समूहले हामीले भनेको भएन भने भन्दै धम्क्याउन खोजेको पनि बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु