Information is intelligence
HomePoliticsओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

- Advertisement -spot_img

दाङ | प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले हिंसात्मक आन्दोलनको धाकधक्कु नदेखाउन नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका छन् ।

ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लेको तिल्के गोरुको संज्ञा दिएका छन् । दाङ पुगेका ओलीले तिल्के गोरुको उदाहरण सुनाउँदै अशान्ति मच्याउने यो समूहसँग क्षमता नभएको बताए ।

प्रचण्डलाई धाकधक्कु नदेखाउन आग्रह गर्दै ओलीले एउटा किस्सा सुनाए–

‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हाल्ने, सिंगौरी खेल्ने । भुइँ खोस्रिने, हुक्का गर्ने । अनि, त्यसको फ्वाँफूँ देखेर अरु डराउने’, ओलीले थपे, ‘एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ । घड्याप्प जुधेको । बुढो तिल्के गोरुको सिङ भाँचिदियो । तिल्केलाई रिस त उठ्यो होला, सिङ भाँचिएकोमा । तर, जुध्न सकेन ।’

यी तिल्केहरू पनि त्यस्तै हुन्, यिनले फाँ फूँ गर्दैगर्छन्, फुक्लिएको सिंग लिएर हिँड्दै गर्छन् । यिनका सिंग फुक्लिसके, धाक नलगाए हुन्छ । अशान्ति मच्चाउने यिनीहरूसँग क्षमता पनि छैन, दम पनि छैन । यिनीहरूले केही गर्न सक्दैनन्, नेपाली जनता सचेत भइसकेका छन् ।  धाकधक्कु नलगाए हुन्छ, तिघ्रा नठटाए हुन्छ, खुट्टा भ्याटभ्याट नगरे हुन्छ, कोही टेर्नेवाला छैन ।

ओलीले प्रतिनिधि सभा विघटन संविधानसम्मत भएको दाबी गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु