Information is intelligence
HomeSportsमहिला लिगमा आज त्रिभुवन आर्मी र एपिएफ भिड्दै

महिला लिगमा आज त्रिभुवन आर्मी र एपिएफ भिड्दै

- Advertisement -spot_img

राष्ट्रिय महिला लिगमा आज विभागिय टोली त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल एपिएफ क्लब भिड्दै छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २:३० बजे शुरु हुनेछ ।

पछिल्लो दुई खेलमा फराकिलो जित हात पारेको एपिएफ आजको खेलमापनि विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बिराटनगर महानगरपालिकामाथि ७-० गोलको फराकिलो जित निकालेको थियो । दुवै खेलमा सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन् । हाल एपिएफ लिगको २ खेलमा ६ अङ्क जोड्दै शिर्ष स्थानमा छ ।

यता त्रिभुवन आर्मी फूटबल क्लबपनि लिगमा अपराजित रहेको छ । पहिलो खेलमा पुलिसँग बराबरीमा रोकिएको आर्मीले दोस्रो खेलमा विमला चौधरीको ह्याट्रिकको सहयोगमा वालिङ नगरपालिकालाई ७-० गोल अन्तरले पराजित गरेको थियो । आर्मी दुई खेलमा ४ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ ।

आजनै हुने अर्को खेलमा  नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिस र वालिङबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ । वालिङविरुद्ध मैदान उत्रदा पुलिस दोस्रो जितको खोजीमा हुनेछ भने वालिङ पहिलो जितको खोजीमा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु