Information is intelligence
HomeNewsचितवन सवारी दुर्घटना, २ को मृत्यु

चितवन सवारी दुर्घटना, २ को मृत्यु

- Advertisement -spot_img

चितवन | चितवनको रत्ननगरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रत्ननगरस्थित हरिहर मन्दिर अगाडि मिनिबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

पूर्वतिरबाट आइरहेको बा २ ख ५६७४ नं. को मिनिबस र पश्चिमबाट पूर्वतिर गइरहेको बा ९२ प ५२०४ नं.को मोटरसाइकल एक आपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।

मृतक २ जनाको नाम खुलिनसकेको इलाका प्रहरी कार्यालयका प्रमुख रविन कार्कीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका उनीहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु