Information is intelligence
HomeNewsपोर्न साइट हेर्ने २० लाख प्रयोगकर्ताको डेटा लिक

पोर्न साइट हेर्ने २० लाख प्रयोगकर्ताको डेटा लिक

- Advertisement -spot_img

एक लोकप्रिय पोर्न वेबसाइटका लाखौं प्रयोगकर्ताको डेटा लिक भएको छ । यदि तपाईं अनलाइनमा पोर्न हेर्नेमा पर्नुहुन्छ भने यो खबर तपाईंका लागि हो ।

प्राप्त जानकारीअनुसार माईफ्रीकाम्सका करिब २० लाख प्रयोगकर्ताको निजी डेटा डार्क वेबमा बिक्रीका लागि राखिएको छ । लिक भएको डेटामा प्रयोगकर्ताको नाम, युजरनेम, ईमेल, पासवर्ड र मोबाइल नम्बर जस्ता विवरण रहेका छन् ।

विज्ञहरुका अनुसार यी डेटा प्रयोग गरेर ह्याकरले प्रयोगकर्तामाथि ह्याकिङ तथा ब्ल्याकमेल गर्न सक्ने भन्दै सचेत गराएका छन् ।

साइबर न्युजले सबैभन्दा पहिला यो डेटा लिकको विषय बाहिर ल्याएको थियो । यस विषयमा वेबसाइटले समेत पुष्टी गरेको छ ।

बदलामा बिटक्वाइन मागः

साइबर न्युजको रिपोर्टअनुसार माईफ्रीकाम्स नामक पोर्न वेबसाइटबाट करिब २० लाख प्रयोगकर्ताको डेटा लिक भएको छ ।

लिक भएका जानकारीहरु ब्ल्याक मार्केटमा बिक्री भइरहेको खबर छ । रिपोर्टमा भनिएको छ कि यी डेटाको बदलामा बिटक्वाइनको माग गरिएको छ ।

१० हजार प्रयोगकर्ताको डेटाको मूल्य १५०० डलर बिटक्वाइन राखिएको छ । माईफ्रीकाम्सले यो लिकको पुष्टी गर्दै सबै प्रयोगकर्तालाई पासवर्ड रिसेट गरिदिएको छ ।

लिकडेटाको नमूनामा युजरनेम, पासवर्ड, ईमेल आईडी र माईफ्रीकाम्स टोकन ब्यालेन्स जस्ता जानकारी साधारण अक्षरमा देखाइएको छ । ह्याकरले प्रयोगकर्ताको टोकन ब्यालेन्स समेत समाप्त पार्न सक्ने संभावना छ भने यी डेटाको प्रयोग ह्याकिङमा समेत हुन सक्ने विश्लेषण गरिएको छ ।

यस बाहेक प्रयोगकर्ताको जानकारी ह्याकरले उनीहरुका परिवार, आफन्त तथा साथीभाइलाई समेत पठाउन सक्छन् । त्यस्तै ईमेल आईडीको प्रयोग फिशिङ आक्रमणका लागि प्रयोग हुनसक्छ ।

माईफ्रीकाम्स एक लोकप्रिय पोर्न साइट हो । जसमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या सात करोड रहेको बताइन्छ । नेपालमा पोर्न साइटहरु प्रतिबन्धमा रहेका कारण त्यतिधेरै प्रयोगकर्ता नभएको हुनसक्ने आँकलन गरिएको छ ।

एजेन्सीको सहयोगमा ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु