Information is intelligence
HomePoliticsनेकपाकाे अध्यक्ष बन्लान त वामदेव ?

नेकपाकाे अध्यक्ष बन्लान त वामदेव ?

- Advertisement -spot_img

नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनकाे संघारमा रहेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेकाे असंवैधानिक प्रतिनिधिसभा विघटनपश्चात नेकपामा एकप्रकारकाे सुनामि आएकाे छ । प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड दुइ अध्यक्ष रहेकाे प्रधानमन्त्रीकाे भाषामा जेट विमान दुर्घटना भएकाे छ ।

दुइ पक्ष दुइ भागमा विभाजित भएपनि उपाध्यक्ष वामदेव गाैतम भने हालसम्म कुनै पक्षमा समाहित भएका छैनन् । बरू उनी एकताकाे सूत्र लिएर यताउता पाइला चलाइरहेका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुँदा एकताकाे प्रमुख सूत्रधारकाे रूपमा रहेका वामदेव हालपनि उचित माैका खाेजीरहेका छन् । तर हालैमात्र निर्वाचन आयाेगले ओली र प्रचण्ड दुवै पक्षकाे दाबीलाइ अस्वीकार गरेपछि भने वामदेवले मनकाे लड्डु सार्वजनिक गरेका छन् ।

नेकपामा दुइ पक्ष रहेकाे  र दुइ पक्ष मिलाउन तयार रहेकाे तर त्यसका लागि आफूलाइ अध्यक्ष पद चाहिने कुरा उनले पत्रकारहरूलाइ बताएका छन् ।

आफू अहिलेसम्म कतै नलागेकाे , अध्यक्ष पद जसले दिन्छ त्यतै लागेर पार्टी एकता गर्न तयार रहेकाे कुरा उनले बताउन थालेपछि नेकपामा अर्काे प्रकारकाे कम्पन महसुस गर्न थालिएकाे छ।

दुवै पक्ष एकापसमा लडिरहँदा लडाँइबाट आजित भएकाहरू वामदेवलाइ साथ दिन जाने प्रबल सम्भावना पनि रहेकाे छ।

सबै विषयवस्तु र वर्तमान सन्दर्भ हेर्दा वामदेवकाे अध्यक्ष बन्ने सम्भावना हाेला त ? उत्तर पाउन गार्हाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु