Information is intelligence
HomeEconomyराताम्मे देखियो शेयर बजार

राताम्मे देखियो शेयर बजार

- Advertisement -spot_img

काठमाडौं | साताको तेस्रो दिन मंगलबार सेयर बजार १७ अंकले ओरालो लागेको छ । १७.७९ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय २३ दशमलव ०९ अंकमा झरेको छ ।

नेप्से परिसूचकमात्रै होइन ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.५८ अंकले ओरालो लागेको छ ।

कारोबार रकम पनि ८ अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । दिनभर भएका ६३ हजार ५ सय ९६ कारोबारबाट १ करोड ९५ लाख ६२ हजार २३९ कित्ता सेयर किनेबच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब २५ करोड ३३ लाख ४१ हजार रुपैयाँ नाघेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु