Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना पुष्टि

- Advertisement -spot_img

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले  कुल ३०३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

योसँगै नेपालमा कुल २ लाख ७० हजार ९२ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६४ हजार ८२३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५८४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ५२ हजार ६८७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा १२२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३ हजार २५२ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०१७ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु