Information is intelligence
HomeSportsमहिला लिग : चन्द्रपुर र विराटनगर भिड्दै

महिला लिग : चन्द्रपुर र विराटनगर भिड्दै

- Advertisement -spot_img

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (बुधबार) एक खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

चन्द्रपुर र विराटनगरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।

विराटनगरविरुद्ध मैदान उत्रदा चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछ । चन्द्रपुरले सोमबार मात्र उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा भने चन्द्रपुर एपीएफ क्लबसँग ६-० ले पराजित भएको थियो ।

चन्द्रपुरले २ खेलमा ३ अंक जोडेको छ ।

विराटनगर भने पहिलो जितको खोजीमा हुनेछ । विराटनगरले २ खेलमा १ अंक जोडेको छ । पहिलो खेलमा विराटनगर वालिङसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने विराटनगर एपीएफसँग ७-० ले पराजित भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु