Information is intelligence
HomeSportsपीएम कपको पहिलो सेमिफाइनल खेल आज

पीएम कपको पहिलो सेमिफाइनल खेल आज

- Advertisement -spot_img

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।

विभागीय डर्बी भिडन्त बिहान ९ बजे सुरु हुनेछ ।

पहिलो सेमिफाइनलको लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने योजनामा हुनेछ । दुई उपाधि दाबेदार क्लब जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ । प्रतियोगितामा एपीएफ निकै बलियो देखिएको छ ।

समूह चरणमा एपीएफले हार व्यहोरेको छैन । समूह ‘ए’ को एपीएफले ४ खेलमा ४ जित निकालेको थियो । एपीएफ ८ अंक जोडेर समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

पुलिस भने समूह ‘बी’ को उपविजेता बन्यो । पुलिसले समूह चरणमा एक खेलमा हार बेहोरेको थियो ।पुलिस समूह चरणमा बागमती प्रदेशसँग पराजित भएको थियो ।समूह चरणमा पुलिसले ६ अंक जोडेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु