Information is intelligence
HomeSportsहार्याे पुलिस , एपिएफ फाइनलमा

हार्याे पुलिस , एपिएफ फाइनलमा

- Advertisement -spot_img

विभागीय टोली एपीएफ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २०४ रनको लक्ष्य पुलिसले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै पुलिसले मात्र १७३ रन बनायो । पुलिसका लागि पवन सरार्फले ६१ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा ४० रन बनाउन सफल भए । त्यस्तै रासिद खानले ३४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान गरे ।

बलिङतर्फ एपीएफका लागि भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए । ९ ओभर २ बल बलिङ गरेका उनले १ मेडन ओभर पनि फालेका थिए ।  एपीएफका लागि कमल ऐरी, अविनास बोहोरा र कप्तान शरद भेषावकरले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । एपीएफका लागि शंकर रानाले ९६ बल खेल्दै ४ चौकाको सहयोगमा सर्वाधिक ४४ रन बनाए । त्यस्तै सन्दीप जोराले ३४ रन बनाउँदा भुवन कार्कीले ४२ रनको योगदान गरे ।

एपीएफका लागि कप्तान भेषावकरले १८ रन बनाए । एपीएफका लागि १०औं नम्बरमा ब्याटिङ गर्न आएका उनले अन्तिम दुई बलमा एक छक्का र एक चौका प्रहार गर्दा एपीएफले आफ्नो लक्ष्य २०४ बनाउन सफल भयो ।

बलिङतर्फ पुलिसका लागि आरिफ सेखले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन ओभरसहित ३१ रन खर्चिए । त्यस्तै दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलले २/२ विकेट लिए । रासिद खान र सागर ढककालले समान एक–एक विकेट लिए ।

आजको जितसँगै एपीएफले अब उपाधिका लागि वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यता साविकको विजेता टोली पुलिस भने प्रतियोगिताबाट बाहिरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु