Information is intelligence
HomeEconomyमहिला लघुवित्तले आईपीओ बिक्री गर्ने

महिला लघुवित्तले आईपीओ बिक्री गर्ने

- Advertisement -spot_img

नेपाल धितोपत्र बोर्डले महिला लघुवित्त वित्तीय संस्थालाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने अनुमति दिएको छ । २०७७ माघ ८ गते बोर्डले कम्पनीलाई आईपीओ निष्कासन अनुमति प्रदान गरेको हो ।

बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा चार करोड रुपैयाँबराबरको ४० लाख कित्ता साधारण सेयर बिक्री गर्ने अनुमति दिएको हो । हाल ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ बिक्रीपछि चुक्ता पुँजी १० अर्ब पुग्नेछ ।

आईपीओ बिक्रीपछि कम्पनीको संस्थापक र साधारण सेयर संरचना ६०:४० प्रतिशत हुनेछ । कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु