Information is intelligence
HomeEconomyइन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड हुने समय तय

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड हुने समय तय

- Advertisement -spot_img

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबार (पर्सि) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ शुक्रबार बिहान १० बजे बाँडफाँड गर्ने भएको छ ।

बैंकले माघ २ गतेदेखि १० गतेसम्म कुल आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ । बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा १५ लाख ५० हजार ३२५ वटा आवेदनबाट १८ अर्ब रुपैयाँभन्दा माथिको आवेदन परेको थियो । जसमध्ये १४ लाख ७५ हजार आठ आवेदकको १६ करोड ७२ लाख १० हजार कित्ता आवेदन भरिफाइड भएको एनआईबीएल एस क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख रामकुमार महतले बताए ।

भेरिफाइका क्रममा ६ हजार २७६ आवेदन रद्द भएको पनि उनले बताए । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ प्रि-अलोटमेन्ट गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ । बोर्डबाट स्वीकृत भएपछि शुक्रबार बिहान १० बजे क्यापिटलले केन्द्रीय कार्यालय लैनचौरमा आईपीओ बाँडफाड हुनेछ ।

कम्पनीको आईपीओ सात करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाड नियमावलीअनुसार सबैलाई बराबर बाँडफाँड गर्नुपर्ने व्यवस्था छ । यदि सबै आवेदकले ५० कित्ता वा सोभन्दा बढीको आवेदन दिए पनि सबै आवेदकले न्यूनतम ५० कित्ता सेयर पाउने देखिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु