Information is intelligence
HomeSportsपुरुष पिएम कप आज दोस्रो सेमि फाइनल

पुरुष पिएम कप आज दोस्रो सेमि फाइनल

- Advertisement -spot_img

पुरुष प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब बिच प्रतिस्पर्धा रहेको छ।

किर्तिपुरस्थित टि.यु खेलमैदानमा हुने यस् सेमिफाइनल भिडन्त नेपाली समय अनुसार बिहानको ९:०० बजेबाट सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स च्यानलले गर्नेछ।

दोस्रो सेमिफाइनलको लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने योजनामा हुनेछ । दुई उपाधि दाबेदार टिम जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा एपीएफसँग खेल्नेछ ।

पुलिसलाई हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । प्रतियोगितामा दुबै टिम निकै बलियो देखिएको छ । समूह चरणमा दुबै टिमले उत्कृष्ट खेलेका थिए । समूह ‘बी’ को बागमती ४ खेलमा ७ अंक जोडेर समूह विजेता बनेको हो । आर्मी ६ अंक जोडेर समूह ‘ए’ को उपविजेता बनेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु