Information is intelligence
HomeSportsबार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाईनलमा प्रवेश

बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाईनलमा प्रवेश

- Advertisement -spot_img

बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र फ्रेन्की डी योङले गोल गरेका थिए। भालेकानोका फ्रान गार्सियाले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा गार्सियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, ६९ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८० औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु