Information is intelligence
HomeSportsएक सिजनमा सर्वाधिक कमाई गर्ने क्लबकाे पहिलाे स्थानमा बार्सिलाेना

एक सिजनमा सर्वाधिक कमाई गर्ने क्लबकाे पहिलाे स्थानमा बार्सिलाेना

- Advertisement -spot_img

स्पेनिस क्लब बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बनेको छ ।

डेलोइट फुटबल मनी लिगले गरेको सर्वेक्षणमा बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बनेको हो ।बार्सिलोनाको सन् २०१९/२० को सिजनको कमाई ७१५.५ मिलियन पाउण्ड रहेको छ । बार्सिलोना दोस्रो पटक सर्वाधिक कमाउने क्लब बनेको हो ।

स्पेनिस क्लब रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । रियलको कमाई ७१४.९ मिलियन पाउण्ड रहेको छ ।तेस्रो स्थानमा जर्मन क्लब बायर्न म्युनिख रहेको छ । बायर्नको कमाई ६३४.१ मिलियन पाउण्ड रहेको छ ।

सूचीको चौंथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको कमाई ५८०.४ मिलियन पाउण्ड रहेको छ ।पाँचौं स्थानको लिभरपुलको कमाई ५५८.६ मिलियन पाउण्ड रहेको छ ।

यस्तै म्यानचेस्टर सिटी, पीएसजी, चेल्सी, टोटेनहम र युभेन्ट्स छैटौं देखि दशौँ स्थानमा रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु