Information is intelligence
HomeEconomyसेयर कारोबारमा नयाँ रेकर्ड बन्दा परिसूचक भने घट्यो

सेयर कारोबारमा नयाँ रेकर्ड बन्दा परिसूचक भने घट्यो

- Advertisement -spot_img

काठमाण्डौ | बिहीबार सेयर बजारको परिसूचक नेप्से १६ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २४२५ अंकमा कायम भएको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.३२ अंकले घटेर ४४२.०६मा पुगेको छ।

यस दिन परिसूचक घटे पनि कारोबार रकममा भने नयाँ रेकर्ड बनेको छ।

कुल ९ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जुन रकम अहिलेसम्मकै उच्च हो। यसअघि एकैदिन ९ अर्ब ३७ करोड रुपैयाँसम्मको कारोबार भएको थियो।

यस दिन बैंकिङ ४१, ब्यापार ४, होटल २५, विकास बैंक ४३, जलविद्युत २२, फाइनान्स १८, अन्य ११ र जीवन बीमा समूह ४२ अंकले घटेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु