Information is intelligence
HomePoliticsनिर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

- Advertisement -spot_img

काठमाडौं | निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। शुक्रबार साढे ११ बजेका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

आयोगले आगामी वैशाख १७ र २७ गते हुन लागेको मध्यावधि निर्वाचन तयारीका लागि दुवै समूहलाई छलफलका लागि बोलाएको हो। दुवै पक्षलाई अध्यक्ष वा अध्यक्षले तोकेका प्रतिनिधिलाई पठाउन भनिएको छ। प्रतिनिधि सभा विघटनपछि नेकपा अनौपचारिक रुपमा विभाजन भइसकेको छ।

‘हामीले दुवै समूहलाई पत्र पठाएर छलफलका लागि बोलाएका छौं’, प्रवक्ता श्रेष्ठले फरकधारसँग भने, ‘अध्यक्ष वा अध्यक्षले तोकेका आधिकारिक प्रतिनिधिसहित छलफलका लागि बोलाएका हौँ।’

श्रेष्ठका अनुसार उक्त छलफलका लागि दुवै समूहबाट ५/५ जनालाई डाकिएको हो। तर आयोगले यो छलफल उनीहरुको आधिकारिकता विवादमा केन्द्रित भएर गर्न लागिएको होइन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु