Information is intelligence
HomePoliticsजनयुद्धमा गरिबका छोराछोरी जंगलमा राखी प्रचण्ड जेलले जुल्फी कोर्दै दिल्लीमा थिए:प्रधानमन्त्री

जनयुद्धमा गरिबका छोराछोरी जंगलमा राखी प्रचण्ड जेलले जुल्फी कोर्दै दिल्लीमा थिए:प्रधानमन्त्री

- Advertisement -spot_img

काठमाण्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगल नबसेको दाबी गरेका छन्।

बिहीबार नेपाल ट्रेड युनियन महासंघको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले कार्यकर्ता जंगलमा राखे पनि प्रचण्ड दिल्ली बसेको बताएका हुन्।

प्रचण्ड जी हिजो कहाँ बस्नु भएको हो र? जंगलमा त न हिजो बस्नु भएको थियो न आज नै बसेको हो’, ओलीले अगाडि भने, ‘उहाँ त दिल्ली, नोयडा  र लखनउमा लुकेर बसेको हो नि! कार्यकर्ता र लडाकु मात्रै जंगलमा बस्नु भएको हो।’

प्रचण्डलाई चटकेको संज्ञा दिँदै ओलीले श्रमिक मजदुरलाई पनि आफ्नो स्वार्थका लागि विभाजित गरेको आरोप पनि लगाएका छन्। ओलीले जनयुद्धका समयमा गरिबका छोराछोरी मात्रै जंगलमा बसेको जिकिर गरे।

‘उहाँ जंगल बसेको होइन। त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्ता जंगल बसाउनुभयो। जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु