Information is intelligence
HomeNews२४ घण्टामा २१३ जनामा कोरोना पुष्टि

२४ घण्टामा २१३ जनामा कोरोना पुष्टि

- Advertisement -spot_img

काठमाडौं | नेपालमा कोरोना भाइरसका आज २ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २९६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६५ हजार ३ सय ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी २४ घण्टामा २९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ६० हजार ८ सय ६० परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय १३ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु