Information is intelligence
HomeNewsप्रधानमन्त्री ओलीलाई ५ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

प्रधानमन्त्री ओलीलाई ५ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

- Advertisement -spot_img

काठमाडौं । सर्वोच्च अदालतले मानहानी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

साथै अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्रीसहित पूर्वसभामुख र पूर्वप्रधान्यायाधीशहरुलाई अदालतमा आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

विभिन्न अधिवक्ताहरुले प्रतिनिधिसभा विघटनका विषयमा दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै दिएको रिटको पहिलो सुनुवाइपछि बिहीबार न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो ।

चार पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका साथै पूर्व सभामुख दमननाथ ढुंगानालाई बाटोको म्यादबाहेक ५ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिनका लागि आदेश दिएको हो ।

प्रधानमन्त्री ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने माग कानुन व्यवसायीहरूले गरेका थिए । अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन हालेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु