Information is intelligence
HomeSportsटोटेनहममाथि लिभरपुलको सहज जित

टोटेनहममाथि लिभरपुलको सहज जित

- Advertisement -spot_img

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे । टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको तेस्रो मिनेटमा सन ह्युङ मिनले गोल गरेका थिए । तर, भीएआर प्रविधिको सहायताबाट रेफ्रीले अफसाइट देखाउदा टोटेनहम अग्रता बनाउन चुकेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।

खेलको ४७ औं मिनेटमा आर्नोल्डले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो । ४९ औं मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २-१ को स्थितिमा ल्याए । खेलको ५६ औं मिनेटमा मोहमद सलाहले गोल गरेका थिए । तर, उनको गोलले मान्यता पाएँन् । त्यसपछि खेलको ६५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

जितसंगै लिभरपुल तालिकाको चौंथो स्थानमा उक्लिएको छ । लिभरपुलले २० खेलमा ३७ अंक जोडेको छ । टोटेनहमको ३३ अंक  रहेको  टोटेनहम छैटौं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु