Information is intelligence
HomePoliticsदाहाल–नेपाल समूहद्वारा निर्वाचन आयोगसँग छलफलको समय सार्न आग्रह

दाहाल–नेपाल समूहद्वारा निर्वाचन आयोगसँग छलफलको समय सार्न आग्रह

- Advertisement -spot_img

काठमाडौँ | नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल काठमाडौंबाहिर रहेकाले उपस्थित हुन नसकेको जानकारी गराएको छ ।

दाहाल–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र कानुन व्यवसायी मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय उपस्थित हुन नसक्ने जानकारी गराएका हुन् ।

दाहाल–नेपाल समूहले आयोगलाई बुझाएको पत्रमा पुन: अरू नै कुनै मिति तोकेर छलफलका लागि बोलाउन आग्रह गरिएको छ ।

‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयं उपस्थित भई छलफल गर्न चाहनुभएको हुँदा सोको लागि आज तोकिएको समयमा सम्भव हुन नसकेको बेहोरा अवगत गराउँछु,’ पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु