Information is intelligence
HomeSportsसावित्राको दुई गोल, एपीएफको पाँचौ जित

सावित्राको दुई गोल, एपीएफको पाँचौ जित

- Advertisement -spot_img

काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । यस्तै प्रिती राईले एक गोल थपिन् ।

बलियो टिम वालिङविरुद्ध खेलको १३ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो ।

खेलको ७१ औं मिनेटमा प्रितीले गोल गर्दा एपीएफ २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७४ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को जित दिलाए ।

जितसंगै एपीएफले ५ खेलमा १५ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।

वालिङ ५ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

त्यस्तै आज बिहान भएको खेलमा चौदन्दिगढि नगरपालि उदयपुरलाई ६-० गोलले पराजित गर्दै बिराटनगर नगरपालिका राष्ट्रिय महिला फुटबल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु