Information is intelligence
HomeNewsआगलागीमा परी दुई बालबालिकाको मृत्यु

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

- Advertisement -spot_img

सोलुखुम्बुमा आगलागीमा परेर दुई जना बालबालिकाको ज्यान गएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानका टेकबहादुर निरौलाको मतनामा आगलागी हुँदा उहाँको नाति र नातिनीको ज्यान गएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिए।

ज्यान गुमाउनेहरुमा पाँच वर्षकी गृष्मा निरौला र सात वर्षका सुगम निरौला रहेका छन् । घाँस राख्न बनाइएको मतनाको माथिल्लो तलामा घाँस लगायतका सामाग्री राखिएको र तल्लो तलामा आगो बाल्ने ठाउँ भएको पनि वडाध्यक्ष निरौलाले बताए । बालबालिकाले आगो बाल्दा आगलागी भएको बताइए पनि कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु