Information is intelligence
HomeNewsश्री ५ को सरकार भनेपछि माफि मागे मन्त्रीले

श्री ५ को सरकार भनेपछि माफि मागे मन्त्रीले

- Advertisement -spot_img

खानेपानीमन्त्री मणि थापाले भुलबस ‘श्री ५ को सरकार’ भनेको भन्दै क्षमा मागेका छन् । उनले शनिबार सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा श्री ५ को सरकारको तर्फबाट भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

“शनिबार नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलबस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु,’’ उनले फेसबुकमा लेखेका छन्, “मेरो पूरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु