Information is intelligence
HomePoliticsप्रचण्ड र माधव नेपाल माइतीघरमा धर्नामा

प्रचण्ड र माधव नेपाल माइतीघरमा धर्नामा

- Advertisement -spot_img

प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्नामा आज (आइतबार) नेकपाका शीर्ष नेताहरु पनि सहभागी भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि धर्ना बसेका छन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले उक्त कदम संविधान विपरीत रहेको भन्दै सडक संघर्षमा उत्रिएको छ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेजीको माग गर्दै प्रचण्ड–नेपाल समूहका संघीय एवं प्रदेश सांसद् तथा तत्कालीन संविधान सभाका सदस्य ४ दिनदेखि माइतीघरमा धर्नामा छन्।

अध्यक्षद्वय प्रचण्ड–नेपाल उपत्यका बाहिरको कार्यक्रममा वयस्त भएका कारण यसअघि उक्त धर्नामा सहभागी भएका थिएनन्।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध माघ २८ गते काठमाडौंमा ‘अहिलेसम्मकै ठूलो’ विरोध सभा गर्ने तयारी गरेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु