Information is intelligence
HomeHealthबच्चाको घाँटीमा खाना अड्किए के गर्ने ?

बच्चाको घाँटीमा खाना अड्किए के गर्ने ?

- Advertisement -spot_img

बच्चाहरुले खाना खाँदा प्रायः अड्किरहेको हुन्छ  । यस्ताे अवस्थामा कतिपय अभिभावकहरू आत्तिन्छन् । बच्चालाइ खाना अड्कियाे भने के गर्ने भनेर कतिपय अभिभावकलाइ थाहा नभएर पनि यस्ताे हुन्छ । उसाेभए बच्चाहरूलाइ खाना अड्किएमा के गर्ने त ?

खाना खाँदा बच्चाहरुको घाँटीमा खाना अड्कियो भने प्राथमिक उपचार दिनुपर्छ। प्राथमिक उपचार दिन सबैभन्दा पहिला अभिभावक आफू नै तयार हुनपर्छ ।

आत्तिएर चिच्याउने, कराउने गर्नु हुँदैन जसले गर्दा बच्चाहरु बेहोस हुनसक्छन्। यदि बच्चाले खोक्ने प्रयास गरिरहेको छ भने खोक्न दिनुपर्छ।  

यदि उसले खोक्न सकिरहेको छैन भने आफ्नो तिग्रामा उसकाे टाउको तलपट्टी हुने गरी उल्टो पारेर उसको ढाडमा माथि तिर पर्ने गरेर ‘ब्याक फ्लो’ गर्नुपर्छ। त्यसाे गर्दा  भएन भने उत्तानो पारेर छातीमा मुखपट्टी जोड दिने, तर यो गर्दा गर्दै कसैलाई वा कुनै व्यक्तिलाई नजिकैको अस्पतालमा व्यवस्था मिलाउन पनि सतर्कता गराउनुपर्छ।  

अड्किएको कुरालाई हात या औंला हालेर झिक्न\तान्न खाेज्नुहुन्न किनभने त्यो झन् तल जान सक्छ।

यो अवस्थामा माथि उल्लेख गरिएकाे कुरा गर्नु भयो भने घरमा नै समस्या समाधान हुन सक्छ। माथि देखाइएको फोटो अनुसार उल्लेख भएका कुराहरु गर्न सक्नुहुन्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु