Information is intelligence
HomeNewsसंसद बिघटन मुद्धमा रिट निवेदकको बहस सकियो, भोलिबाट सरकारी पक्षले बहस गर्ने

संसद बिघटन मुद्धमा रिट निवेदकको बहस सकियो, भोलिबाट सरकारी पक्षले बहस गर्ने

- Advertisement -spot_img

काठमाण्डौ | प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू माथि निवेदक पक्षका कानून व्यवसायीहरूको बहस सकिएको छ । निरन्तर १३ दिनको सुनुवाइपछि रिट निवेदक पक्षका वकिलहरूको बहस सकिएको हो ।

सोमवारबाट महान्यायाधीवक्ता अग्नि खरेलसहित सरकारी पक्षका वकिलहरूको बहस शुरू हुने सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले लोकान्तरलाई जानकारी दिए ।

आइतवार लोकेन्द्र ओली, खिमानन्द अधिकारी, पूर्णप्रकाश बस्नेत, दिनेश लामिछाने, केशरजंग केसीलगायतले बहस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु