Information is intelligence
HomeSportsरियललाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

रियललाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

- Advertisement -spot_img

स्पेनिस लिग लालिगाअन्तर्गत  गएराति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बिल्बाओलाई पराजित गर्दै बार्सिलोना रियललाई पछि पार्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले खेलको १९ औं मिनेटमा उत्कृस्ट फ्री किक गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४० औं मिनेटमा जोर्डी अलाबाको आत्मघाती गोलले खेल बराबरीमा आएको थियो । ७४ औं  मिनेटमा बार्साका लागि ओस्कार मिङ्ग्वेजाको क्रसमा एन्टोइन ग्रिजमनले ट्याप इन  गोल गरेका थिए।

ग्रिजमनको गोलपछि खेलमा अन्य गोल हुन् सकेन र बार्साले सम्पूर्ण तीन अंक हात पार्‍यो। यस् जितसँगै २० खेलबाट ४० अंक बटुलेको बार्सा तालिकाको दोस्रो स्थानमा उक्लेको छ।

समान ४० अंक नै भएपनि रियल गोलअन्तरमा तेस्रो स्थानमा झरेको हो । रियल शनिबार राति लेभान्टेसँग २–१ ले पराजित भएको थियो ।

यता समान २० खेलबाट २४ अंक बटुलेको बिल्बाओ भने ११अौं स्थानमा झरेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु