Information is intelligence
HomeSportsअग्रता जोगाउन नसक्दा पीएसजीको हार

अग्रता जोगाउन नसक्दा पीएसजीको हार

- Advertisement -spot_img

फ्रेन्च लिग वानमा पीएसजी लोरिएन्टसँग स्तब्ध बनेको छ । अग्रता जोगाउन नसक्दा पीएसजी घरेलु टोली लोरिएन्टसँग ३–२ ले स्तब्ध बनेको हो ।

पीएसजीका लागि दुवै गोल नेयमारले गर्दा लोरिएन्टका लोउरेन्ट एवरजेल, योआनी विसा र तेरेम मोफीले गोल गरे । लोरिएन्टमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३६औं मिनेटमा लोउरेन्ट एवरजेलको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिममा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।५२औं मिनेटमा नेयमारको प्रहारमा मेन्डेसले पेनाल्टी बक्समा ह्यान्ड गरेको भन्दै पीएसजीले पेनाल्टीको अपिल गर्दा रेफ्रीले भिएआरको सहायता लिदै पीएसजीलाई पेनाल्टी दिदा नेयमारले ५८औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–१ को अवस्थामा ल्याए । ८०औं मिनेटमा योआनी विसाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

इन्ज्युरी समयाको थप गरिएको दोस्रो मिनेटमा सब्सिच्युट तेरेम मोफीले गोल गर्दै पीएसजीलाई ३–२ ले स्तब्ध पारे ।

यो हारसँगै पीएसजीले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । पीएसजीको २२ खेलबाट ४५ अंक पुगेको छ । शीर्षस्थानको लियोनको ४६ अंक छ । लोरिएन्ट १८ अंक जोडेर १८औं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु