Information is intelligence
HomeEconomyबिशाल बजार र राष्ट्रिय बिमा कम्पनीकाे शेयर काराेबार राेक्का, के छ कारण...

बिशाल बजार र राष्ट्रिय बिमा कम्पनीकाे शेयर काराेबार राेक्का, के छ कारण ?

- Advertisement -spot_img

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । यी दुई कम्पनीले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पेश नगरेपछि नेप्सेले आइतबारदेखि कारोबार रोक्का गरेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था अनुसार सचीकृत कम्पनीले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्र नेप्सेलाई बुझाइसक्नुपर्छ । तर विशाल बजार र राष्ट्रिय बिमा कम्पनीले विवरण पठाउन माग गर्दासमेत विवरण नबुझएपछि सेयर कारोबार रोक्का गरिएको नेप्सेले स्पष्ट पारेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु